कांग्रेस अधिबेशन : दैलेख मतगणना अपडेट

कर्णालीदृष्टी संवाददाता १२ मंसिर २०७८, आईतवार ०८:५१

दैलेख। नेपाली कांग्रेसको दैलेख जिल्ला कार्यसमिति चयनका लागि भएको निर्वाचनको अहिले मत गणना जारी छ । मत गणना जारी रहँदा मत परिणाम समेत सार्वजनिक भईरहेको छ ।

यो समाचार तयारपार्दा सम्मको ताजा मत परिणम अनूसार ८ सय २ मत गणना हुँदा जिल्ला सभापतिका उम्मेदवार मणिराम रेग्मीले ४१८ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । यस्तै सभापतिका अर्का प्रत्यासी घनश्याम भण्डारीले ३ सय ७९ मत पाप्त गर्नुभएको छ ।

नयाँ कार्यसमिति चयनका हिजो शनीबार भएको निर्वाचनमा कुल १ हजार ५ सय ९४ मध्ये १ हजार ५ सय ५९ मत खसेको थियो । दैलेख सदरमुकामको गणेशचोकस्थित गणेश मन्दिर परिषरमा रहेको योग भवनमा अहिले मतगणना भैरहेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि संस्थापन ( सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर ( बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

दैलेख जिल्लाको कांग्रेस सभापतिका लागि संस्थापन समुहका घनश्याम भण्डारी र सस्थापनईतर समुहका मणिराम रेग्मी मैदानमा छन् ।

Next Post

कांग्रेस अधिबेशन : दैलेख मतगणना अपडेट,घनश्याम भण्डारी ४६१,मणिराम रेग्मी ४८७ मत

१२ मंसिर २०७८, आईतवार ०८:५१
दैलेख । नेपाली कांग्रेसको दैलेख जिल्ला कार्यसमिति चयनका लागि भएको निर्वाचनको अहिले मत गणना जारी छ । मत गणना जारी रहँदा मत परिणाम समेत सार्वजनिक भईरहेको छ । यो समाचार तयारपार्दा सम्मको ताजा मत परिणम अनूसार झण्डै १ हजार मत गणना हुँदा जिल्ला सभापतिका उम्मेदवार मणिराम रेग्मीले ४८७ मत प्राप्त […]