भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यू

कर्णालीदृष्टी संवाददाता १५ पुष २०७८, बिहीबार १५:१९

बाके । नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यू भएको छ । भेरी अस्पताल नेपालगञ्जका कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोटको खाँडाचक्र नगरपालिका–४ का धर्मप्रसाद भट्टराईको परिवारका चार जनाको अस्पतालको क्वाटरमै मृत्यू भएको हो ।

अस्पतालको क्वाटरमा गएराति कोइला बालेर सुतेका धर्मप्रसाद भट्टराई, उहाँका तीन महिनाका छोरा इप्सन, दिदी कोली भट्टराई र धर्मप्रसादकी सासु कोकिलाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

उहाँकाअनुसार धर्मप्रसादकी श्रीमती सुशीला, ३ वर्षका छोरा दिवस र भाई नरेन्द्रको भने उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरु कोठामा कोइला बालेका सुतेका थिए । झ्याल ढोका बन्द भएकाले निस्सासिएर चार जनाको ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Next Post

कालिकोटमा महिला मतदाताको संख्या बढ्यो

१५ पुष २०७८, बिहीबार १५:१९
कालिकोट । कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो । ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली […]