कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउँदाे माघ २ र ३ गते हुने

कर्णालीदृष्टी संवाददाता २० मंसिर २०७८, सोमबार ०६:४७

काठमाण्डाै – कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउँदाे माघ २ र ३ गते हुने भएको छ । बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् ।

बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा ‘सी प्लस’ वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा ‘सी’ वा ‘डी प्लस’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ ।

अन्य सबै विषयमा ‘डी प्लस’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराइ आउने पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गतेसम्ममा फारम विद्यालयमा बुझाउनुपर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरूद्वारा भरिएको फारम २६ गतेसम्म बोर्डका कार्यालयहरूमा बुझाउनु पर्नेछ । परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

२०७८ माघ २ गते अनिवार्य अङ्ग्रेजी (००४), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय र ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा हुने बोर्डले जनाएको छ ।

Next Post

कांग्रेस प्रदेश अधिबेशनः ६ वटै प्रदेशको नतीजा सार्वजनीक

२० मंसिर २०७८, सोमबार ०६:४७
काठमाण्डाै – कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश-१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका […]