कोरोनाविरुद्धको खोप अभियानको एक वर्ष पूरा, तीन करोडभन्दा बढी मात्रा खोप लगाइयो

कर्णालीदृष्टी संवाददाता १४ माघ २०७८, शुक्रबार ०९:४५

काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको आज एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दुई लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयले लक्षित जनसङ्ख्याको ८२ दशमलव ६ प्रतिशतले एक मात्रा र ६८ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका जानकारी दिएको छ । अहिले नेपालमा १२ वर्षदेखि माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य चलिरहेको छ ।

Next Post

नेपाली कांग्रेस दैलेखद्धारा स्वर्गीय नेता शाहीको श्रदान्जली सभा

१४ माघ २०७८, शुक्रबार ०९:४५
दैलेख । नेपाली कांग्रेस दैलेखले पार्टीका पुर्व उपसभापति स्वर्गीय नेता कर्णबहादूर शाहीको श्रदान्जलीसभा कार्यक्रम गरेको छ । दैलेखको महाबू गाउपालीका वडा नम्बर ३ बासीमा २००५ साल जेठ १५ गते जन्मिएका कांग्रेस दैलेखका पुराना नेता शाहीको गत पुस २९ गते ७३ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय नेता शाहीको नेपाली […]