एकीकृत समाजबादी पार्टीको १०५ सदस्यीय दूल्लु नगर कमीटि गठन ।।

कर्णालीदृष्टी संवाददाता १२ आश्विन २०७८, मंगलवार ०७:०४

दैलेख । नेकपा एकीकृत समाजबादी पार्टी जिल्ला कमिटी दैलेखले आफ्ना मातहतका सबै पालिकाहरुमा कमीटि गठन तथा भेलाको कार्यक्रमलाई तिब्र बनाएको छ ।

पालीका स्तरीय भेलाको क्रममा सोमवार जिल्लाको दुल्लु नगरपालीकामा भेला सम्पन्न भएको छ । भेलावाट भिम प्रशाद शर्माको अध्यक्षतामा १ सय ५सदस्यीय दुल्लु नगर कमीटि गठन गरिएको बताईएको छ ।

कमीटिको उपाध्यक्षमा मोतीराम खड्का÷कल्पना योगी, सचिवमा महेन्द्रनाथ योगी, उपसचिवमा पवन खनाल लगाएत १ सय ५ सदस्यीय दुल्लु नगर कमीटि गठन गरिएको नेकपा एकिकृत समाजवादी पार्टी श्रोतले जानकारी दिएको छ ।

भेलामा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य टेक बहादुर खाण, प्रदेश सदस्य मायराम अधिकारी, जिल्ला कमिटी अध्यक्ष बरुनाथ योगी, सचिब मान बहादुर खड्का, सदस्य रोहित लामिछाने मगर लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यस्तै पालीका स्तरीय अभीयान अन्र्तरगत मंगलवार जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालीकामा भेला गरिने नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला सदस्य रोहित लामिछाने मगरले जानकारी दिनुभयो ।

Next Post

राष्ट्रपतिद्धारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज ।।

१२ आश्विन २०७८, मंगलवार ०७:०४
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले यो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले यो अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति […]