भूतपूर्व गोर्खाहरुको अनसन १३ दिन पछि तोडियो

वन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी

एजेन्सी ४ भाद्र २०७८, शुक्रबार ०८:३४

सुर्खेत –समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरूको अनसन बिहीबार तोडिएको छ।

बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो। बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको लन्डन न्यूजले जनाएको छ। टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरूङले भोक हड्ताल थालेका थिए।

यस्तै आमरण अनसन बसेका भूतपूर्व गोर्खाहरूको सम्बन्धमा आज सर्वोच्च अदालतले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना भुपू गोर्खाहरूको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चद्वारा जारी गरिएको यस निर्णय आन्दोलनकारीहरूका लागि एउटा ठूलो नैतिक जित भएको बताइएको छ।

Next Post

यूईएफए पुरस्कारमा प्रिमियर लिगको वर्चस्व, पहिलो पटक सबै मिडफिल्डर

४ भाद्र २०७८, शुक्रबार ०८:३४
यूईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधिका लागि प्रिमियर लिगका तीनजना खेलाडी अन्तिम सूचीमा पर्न सफल भएका छन् । यस उपाधिका लागि चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एन्गोलो कान्टे र म्यानचेस्टर सिटीबाट केभिड डि ब्रुयना भिड्ने भएका हुन् । अवार्डको ११ वर्षको इतिहासमा पहिलोपटक अन्तिम तीन फाइनलिस्ट मिडफिल्डर भएको यो पहिलो अवसर […]

सम्बन्धित समाचार