नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:४८

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् ।

विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ । महाधिवेशन उद्घाटन हुनुअघि आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ । उद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ ।

नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ । महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

Next Post

कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत

२४ मंसिर २०७८, शुक्रबार ०७:४८
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थप दरबन्दी स्वीकृत गरेको हो । गत फागुनमा गठन भएको प्रदेश लोकसेवा आयोगमा ९ महिनापछि थप कर्मचारी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत […]