कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार १७:३२

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।

गत फागुनमा गठन भएको प्रदेश लोकसेवा आयोगमा ९ महिनापछि थप कर्मचारी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

उहाका अनुसार आयोगको तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको हो ।

Next Post

रमेश खरेलद्वारा 'नेपाल सुशासन पार्टी' घाेषणा

२४ मंसिर २०७८, शुक्रबार १७:३२
काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।  शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै पूर्वडीआईजी खरेलले ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्नुभएको हो । उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताउनुभयो । पूर्वडीआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको […]

सम्बन्धित समाचार