सांसदहरुको विरोधकौ बिच एमसीसी सम्झौता संसदमा पेस

कर्णालीदृष्टी संवाददाता ८ फाल्गुन २०७८, आईतवार १८:१७

काठमाण्डौ – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।

सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको छ ।

यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । योसँगै एमसीसीबारे दलहरुबीचको मतभेद औपचारिक रुपमै संसदमा प्रवेश भएको छ ।

यसअघि २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । त्यतिबेला सत्तारुढ दल नेकपाभित्रै विवादका कारण अनुमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Next Post

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो

८ फाल्गुन २०७८, आईतवार १८:१७
काठमाण्डौ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ । प्रहरीले […]