प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै ।।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने

कर्णालीदृष्टी संवाददाता १४ आश्विन २०७८, बिहीबार ०९:००

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लागेका हुन । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले आज (बिहीबार) मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी थालेका छन । मन्त्रालय भागबण्डा टुङ्ग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने उनकोे तयारी छ । यसका लागि उहाँले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम माग्नु भएको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर मन्त्रालयको टुङ्गो लगाउने तयारी गर्नलागेका हुन ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा बुधबार पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ घण्टा छलफल भएको थियो । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी हुनु भएको थिएन भने जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर रहेकाले सहभागी हुनु भएको थिएन ।

मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुन–कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन ।

Next Post

छत्र माझीको अध्यक्षतामा ५१ सदस्यीय आठबिस नगरकमीटि गठन ।।

१४ आश्विन २०७८, बिहीबार ०९:००
दैलेख । नेकपा एकीकृत समाजबादी पार्टी जिल्ला कमिटी दैलेखले आज बिहीबार जिल्लाको आठबिस नगरपालीकामा नगरपालीका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । आफ्ना मातहतका सबै पालिकाहरुमा कमीटि गठन तथा भेलाको कार्यक्रमलाई तिब्र बनाएको एकिकृत समाजवादी पार्टीले आजको भेलाबाट छत्र माझीको अध्यक्षतामा ५१ सदस्यीय नगरकमीटि गठन गरेको छ । यस्तै […]