शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

कर्णालीदृष्टी संवाददाता २९ मंसिर २०७८, बुधबार ०८:१५

काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

आगामी पुस १ देखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ।

परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

Next Post

माओवादी केन्द्र कर्णालीको अध्यक्षमा केसी

२९ मंसिर २०७८, बुधबार ०८:१५
सुर्खेत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित दुई सय ११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि […]