कृषि बिकास बैंकले खोल्यो दैलेखको दुल्लुमा नँया शाखा

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल ११ फाल्गुन २०७७, मंगलवार २१:१६


दैलेख :कृषि बिकास बैंक लिमिटेडले दैलेखको दुल्लुमा आफ्नो नँया शाखा बिस्तार गरेको छ ।आज बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेकाछन। दुल्लुमा खोलिएको कृषि बिकास बैंक को यो २सय ८१ औ शाखा हो। दुल्लुमा अर्गानिक उत्पादनको सम्भावना अत्यन्त रहेको र अब अगा्रनिक कृषिमा लाग्नेहरुको लागी हामीले सहुलियत दरमा ऋण उपलब्ध गराउने पनि बैकका प्रमुख उपाध्यायले बताए ।
यस बैकले कृषकहरुलाई २ प्रतिसतमा कृषि कर्जा उपलब्ध गराउने पनि प्रमुख उपाध्यायले बताए । दुल्लु शाखामा एटिएम सेवा समेत सुरु हुने भएको छ। असल ग्राहक अन्र्तगत दुर्गा थापा र कृष्ण प्रसाद आचार्यलाई एटिएम कार्ड बितरण गरिएको छ। दुल्लु शाखा को संरक्षण र ब्याबस्थापनमा दुल्लु नगरपालिकाले जिम्मेवारी लिने पनि नगर प्रमुख भण्डारीले जानकारी दिए । साथै भण्डारीले गुठि समस्याको समाधानमा बैंक लाई जिम्मेवार हुन अनुरोध गरेका थिए।

Next Post

सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय

११ फाल्गुन २०७७, मंगलवार २१:१६
सप्तरी :सप्तरीमा एक १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय तोकिएको छ ।२०७६ साल भदौ १२ गते चिनजानकै व्याक्तीले बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका ४ का आसमान निरालेलाई जिल्ला अदालत सप्तरीले १८ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो । […]