ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त, सन्दीप नयाँ कप्तान

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार ०६:५०

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ ।

बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो ।

यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।

‘नेपाल क्रिकेट सङ्घले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडी– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ ।

Next Post

अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ, रेमिट्यान्स घट्यो, मूल्य वृद्धि उकालो लाग्दै

१ पुष २०७८, बिहीबार ०६:५०
काठमाण्डाै – देशको अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो । देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि […]