टी–२० विश्वकप छनोट : नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

कर्णालीदृष्टी संवाददाता ७ फाल्गुन २०७८, शनिबार १७:१५

काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६  रनले हराएको हो ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतककाे मद्दतमा २ सय १८ रन बनाएकाे थियाे । टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।

Next Post

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु

७ फाल्गुन २०७८, शनिबार १७:१५
दैलेख । जिल्ला निर्वाचन कार्यालय दैलेखले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु गरेको छ । छैठौ निर्वाचन दिवस २०७८ का अवसरमा शुक्रबार अन्र्तरक्रिया कार्यक्रम गर्दै २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी बैशाख ३० गते हुने निर्वाचनका लागी तयारी अघि बढाईएको जिल्ला निर्वाचन कार्यालय […]