माल्टामा गाँजालाई वैधानिकता

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार ०६:५४

काठमाण्डाै – युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन  संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

संसदबाट पारित भएको कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै हप्ताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको खबरमा उल्लेख छ ।

उहाँले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताउनुभएको छ । माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको छ ।

माल्टामा अब १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुख्खा गाँजाको भण्डारण गर्न सक्नेछन् भने घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । सात ग्रामसम्म गाँजा साथमा लिएर हिँड्न अनुमति दिइनेछ ।

युरोपका अन्य देशमा पनि गाँजालाई वैधानिकता दिने विषयको बहस चर्किएको छ । सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको छ ।

इटलीमा आउँदो वर्ष गाँजा प्रयोगको विषयमा जनमत संग्रह नै गर्ने तयारी रहेको पनि गार्जियनले जनाएको छ । संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाएको थियो ।

Next Post

रक्षामन्त्री रिजालद्वारा राजीनामा

१ पुष २०७८, बिहीबार ०६:५४
काठमाण्डाै – रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएकाे छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुभएका रिजालले पराजित भएपछि राजीनामा दिनुभएकाे हाे । उहाँले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएकाे छ । यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गर्नुभएकाे थियाे ।