पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

कर्णालीदृष्टी संवाददाता २९ चैत्र २०७८, मंगलवार ०७:३८

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ ।

प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन ।

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए ।

इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएकाे दाबी गर्नुभएकाे छ ।   आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त हुनुभएका इमरान खानकाे ठाउँमा शहबाज शरीफ देशकाे २३ औँ प्रधानमन्त्री हुनुभएकाे हाे ।

शहबाज शरीफमाथि लेनदेनसँग जाेडिएकाे एउटा मुद्दा चलिरहेकाे छ र यसकाे सुनुवाई अप्रिल २७ मा हुने तय भएकाे छ । यसैबीच अदालतले उहाँलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि राेक लगाएकाे छ ।

Next Post

आईपीएल क्रिकेटमा नवप्रवेशी गुजरातको पहिलो हार

२९ चैत्र २०७८, मंगलवार ०७:३८
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएको खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो । मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय […]