कर्णाली प्रदेशको आगामी नीति कार्यक्रम आज सार्वजानिक हुँदै

कर्णालीदृष्टि संवाददाता २२ जेष्ठ २०८२, बुधबार ११:२७

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदैछ । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै छ ।

दिउँसो ३ बजेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् । यसअघि सरकारले प्रस्तुत गरेको प्रि–बजेटमा प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने जनाएको थियो ।

यस्तै प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमूलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने पनि जनाएको थियो ।

Next Post

कर्णालीमा पर्यटक प्रवर्द्धन समिति गठन

२२ जेष्ठ २०८२, बुधबार ११:२७
कर्णाली । प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रुपमा कम पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशले आफ्ना पर्यटकीय गन्तव्यको नेपालभित्र र बाहिर प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्‍ले पर्यटन ऐन, २०७८ को दफा ४० को उपदफा २ […]