कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित

कर्णालीदृष्टी संवाददाता २ पुष २०७८, शुक्रबार ०६:४२

काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित हुनुभएको छ ।

सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाउनुभएको हो । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराउनुभएको हो ।

यस्तै सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ । सभापति देउवाको प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाउनुभएको हो । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा (१ हजार ९ सय १३ मत) लाई हराउनुभएको हो ।

यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको छ । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा (२ हजार १ सय ७५ मत) लाई हराउनुभएको हो ।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको हो । बाँकी मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस÷आर्यको शुक्रवार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

Next Post

६७ देशबाट आउँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

२ पुष २०७८, शुक्रबार ०६:४२
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय […]