ठगी गर्ने कर्णसिंह टमाटालाई १५ लाख जरीवाना सहित ४ बर्ष जेल सजाय

कर्णालीदृष्टी संवाददाता २२ मंसिर २०७८, बुधबार ०७:१४

दैलेख । बिभीन्न बाहानामा ठगी गरेका कर्णसिंह टमाटालाई जिल्ला अदालत दैलेखले ४ बर्ष जेल सजाय सहित १५ लाख जरीवाना तोकेको छ ।

शर्मीला चन्द शाही लगाएतले दिएको जाहेरीको आधारमा टमाटालाई प्रहरीले पक्राउ गरी कारवाहीका लागी दैलेख अदालतमा पेश गरेको थियो ।

२०७६ फागून ७ गते कर्ण टमाटालाई पुर्पक्षका लागी कारागार चलान गरिएको थियो । जिल्ला अदालत दैलेखले यही मंसीर २१ गते (मंगलबार) गरेको फैसला अनुसार ४ बर्ष कैद र १५ लाख जरीवानाको फैसला सुनाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Next Post

छोरीलाई जबरजस्ती करणी प्रयास आरोपमा बाबु पक्राउ

२२ मंसिर २०७८, बुधबार ०७:१४
दैलेख । आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी भुवनेश्वर प्रसाद शाहका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो । पीडित बालिकाकी आमाले दिएको […]