आफै उपचार गर्नुपर्ने ओलीको निर्णयलाई कर्णालीका मुख्यमन्त्रीले ‘धोती’ लगाइदिए, सबैको निशुल्क उपचार हुने !

कर्णाली दृष्टि संवाददाता ५ कार्तिक २०७७, बुधबार ०८:२०

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने जानकारी दिएको छ । केपी ओली नेतृत्वको संघीय सरकारले आफै व्यहोर्नुपर्ने निर्णयलाई बहिष्कार गर्दै कर्णाली प्रदेशले कोरोनाको लक्षण देखिएका र अस्पताल भर्ना गर्नुपर्ने जटिल अवस्थाका संक्रमितहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेको हो ।

कर्णालीका १० वटै जिल्लामा कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुने सामाजिक विकास मन्त्री दल रावलले बताए । आधा भन्दा बढी गरिबीको दर रहेको कर्णालीमा महामारीका बेला सरकार पन्छिन नहुने र सबैले शुल्क तिरेर पीसीआर जाँच गर्न सक्ने अवस्था नरहेको उनले सुनाए ।

भर्खरै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव आएको थियो । तीनै शाहीले ओलीको निर्णयलाई ‘धोती’ लगाइदिएका छन् ।

Next Post

स्थानीय बासिन्दाहरुले वडा कार्यालयलाई जग्गा दान गरे।

५ कार्तिक २०७७, बुधबार ०८:२०
दैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नं ५ को वडा कार्यालय  हाल सम्म अस्थायी रुपमा बस्दै आएको छ  । उक्त वडा कार्यालय भवन निर्माण कार्यको लागि स्थानीय रुपमा बस्दै आएका  राम बहादुर विष्ट¸ लाल बहादुर विष्ट¸ रञ्जित विष्ट¸तिल बहादुर विष्ट¸ भिमबहादुर विष्ट र कर्ण विष्ट, लगायत सम्पुर्ण  बिष्ट परिवारले  ५ […]