परीक्षामा टिकटक बनाउने कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाही को परीक्षा रद्ध

विद्यालयमा निरीक्षक शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने

चक्र प्रसाद पोख्रेल ६ फाल्गुन २०७७, बिहीबार ०७:५४

काठमाडौं :पछील्लो समय टिकटकले समाजमा धेरै विक्रिती फैलाएको आवाज आइरहेको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।

बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । जसका कारण बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको जानकारी दिएको छ ।

साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

 

Next Post

नेकपाका १० हजार कार्यकर्ताले मानव साङ्लो बनाएर आज टुँडिखेललाई घेर्ने

६ फाल्गुन २०७७, बिहीबार ०७:५४
  काठमाडौँ :नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले असंबैधनिक कदम चालेपछि चौथो चरणको आन्दोलन घोषणा गरेपछि बुधबारदेखि आन्दोलनको घोषणा भएको हो । दोस्रोदिन सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको दाहाल-नेपाल समूहले जनाएको छ । अपराह्न […]