स्थानीय बासिन्दाहरुले वडा कार्यालयलाई जग्गा दान गरे।

कर्णाली दृष्टि संवाददाता दैलेख, ५ कार्तिक २०७७, बुधबार ११:१५

दैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नं ५ को वडा कार्यालय  हाल सम्म अस्थायी रुपमा बस्दै आएको छ  ।

उक्त वडा कार्यालय भवन निर्माण कार्यको लागि स्थानीय रुपमा बस्दै आएका  राम बहादुर विष्ट¸ लाल बहादुर विष्ट¸ रञ्जित विष्ट¸तिल बहादुर विष्ट¸ भिमबहादुर विष्ट र कर्ण विष्ट, लगायत सम्पुर्ण  बिष्ट परिवारले  ५ नं. वडा कार्यालयलाई भवन निर्माण को लागि निसुल्क बिना स्वार्थमा  जग्गा दान गरेका छन् ।

हालसम्म  घर भाडा तिर्दै आएको  वडा  कार्यालयले अहिले आफ्नै भवन निर्माणको काम थालनी गरेको छ ।,  साविक गा.बि.स.  भैरीकालिकाथुम  वडा नं ३¸ ७¸ ८ र ९  चारवटा वडाहरु मिलि बनेको ५ नं वडा स्थानीय जनताले सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यका साथ जग्गा दान गरेको जग्गादाताहरुको भनाइ छ।

स्थानीय वडा वासीहरुलाई भवन निर्माण गर्दा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पारिवारिक सहमतिमा उनीहरुले सोमवार मालपोत कार्यालय दुल्लुमा गइ निशुल्क जग्गा दिइएको वडा अध्यक्ष हेमलाल जैसीले बताए ।

उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २३ लाख पर्ने बताइएको छ। गाउँपालिकाको ८० लाख बजेट विनियोजन गरेको वडा कार्यालय अहिले निरन्तर निर्माण हुदै गइरहेको छ ।, स्थानीय ठेकेदार शान्ती प्रसाद अधिकारीले वडा कार्यालयको लागी दिइएको जग्गा एकदमै मिलेको हुँदा प्राविधिक स्टमेट अनुसारको काम कार्य गर्न सजिलो हुने बताएका छन ।

वडा कार्यालयको आफ्नै भवन निर्माण भैसकेपश्चात कार्यालयको सामाग्रीहरुको ब्यवस्थापन गर्न सजिलो हुनुका साथै आफ्नो घरभाढाको आर्थिक रकम पनी सार्वजनिक निर्माणतिर खर्च भइ वडाको विकास तथा समृद्धीतिर जाने हुँदा वडा कार्यालय निर्माणका लागी जग्गा दान गर्नेहरुलाइ वडा सचिव अबशेक गुरुङले शुभकामना दीइएका छन ।

Next Post

भृकुटीमण्डप भित्र ४४ बर्षीय पुरुषको शव भेटियो ।

५ कार्तिक २०७७, बुधबार ११:१५
काठमाडौं ।  राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनी हल बाहिर एक जना पुरुष मृत भेटिएका छन् । मृतक भक्तपुर बोडे-९ का ४४ बर्षीय राम प्रसाद प्रजापती रहेको मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको छ । मृतक प्रजापतीको निधारमा घाउ रहेको र के–कति कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको दिए […]