हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्र कामी भेटिएका छन् । गएको मङ्सिर २९ गतेदेखि हराएका भनिएका उनी बुधवार बिहान भेटिएका हुन् ।
खार्पु प्रहरी चौकीको टोलीले उनलाई खार्पुनाथ गाउँपालिका–५ याङचुबजारमा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
१९ वर्षका चन्द्रले मुगु सोरु गाउँपालिकाकी युवतीसँग गएको मङ्सिर ५ गते प्रेम विवाह गरेका थिए । त्यसपछि मङ्सिर २९ गते माइती पक्षले बोलाएको र चन्द्रेलाई कुटपिट गरी बेपत्ता पारेको चन्द्र कामीको परिवारको आरोप छ । आरोपपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले खोजी गर्न प्रहरी टोली खटाएको थियो ।