हुम्लाको नाम्खाका विद्यालयमा इन्टरनेट जोडिने

कर्णालीदृष्टी संवाददाता १० चैत्र २०७८, बिहीबार १८:४१

हुम्ला । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वैशाखभित्र ब्रोडल्यान्ड इन्टरनेट जडान हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै विद्यालयमा इन्टरनेट जोड्ने गरी काम थालेको हो ।

इन्टरनेट जडान गर्न प्राधिकरण र गाउँपालिकाबीच सम्झौता भइसकेको छ । १७ वटा सामुदायिक विद्यालयमा ब्रोडल्यान्ड इन्टरनेट जडानका लागि कामहरू थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो ।

उहाका अनुसार अहिले नाम्खाका कुनै पनि विद्यालयमा इन्टरनेट सेवाको पहुँच छैन । वैशाख ३० को स्थानीय तहको निर्वाचनको मतदान केन्द्र विद्यालयमै हुने भएकोले त्यसअघि नै इन्टरनेट जडान भइसक्ने उहाले जानकारी दिनुभयो ।

‘भौगोलिक हिसाबले कठिन भूगोल भएकाले अधिकांश गाउँमा टेलिफोन सेवा भरपर्दो छैन,’ उहाले भन्न्ुभयोे, ‘हिमपातको बेला गाउँहरू सम्पर्कविहीन हुने गरेकाले पनि सबै बस्तीमा इन्टरनेट पु¥याउन लागिएको हो ।’

Next Post

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

१० चैत्र २०७८, बिहीबार १८:४१
दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम दैलेख बजारदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि छुटेको लु २ च ४५५४ नम्बरको बोलेरो जिप आज दिउसो दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप आज दिउँसो साढे दुई बजेको समयमा नारायण नगरपालिका–२ स्थित जारकोटमा […]