तालिबानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

कर्णालीदृष्टी संवाददाता ८ पुष २०७८, बिहीबार ०७:४०

काठमाण्डाै – अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएकाे हाे ।

काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।

सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताउनुभएको छ ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् ।

उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् ।

Next Post

सुर्खेतमा परपुरुषसँग लागेको भन्दै श्रीमतीको हत्या

८ पुष २०७८, बिहीबार ०७:४०
सुर्खेत । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन । परपुरुषसँग सम्बन्ध राखेको भन्दै ती पुरुषले श्रीमतीको हत्या गरेका हुन । गुर्भाकोट नगरपालिका –१३ का ७१ वर्षका भिमबहादुर परिवारले ६९ वर्षीया श्रीमती गौमाया परिवारलाई दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीलाई भीमबहादुरले परपुरुषसँग […]