कांग्रेस सभापति देउवाद्वारा १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार ०६:३९

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएको छ । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको हो ।

प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित हुनुभएको थियो । यस्तै विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित हुनुभएको थियो ।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वत: केन्द्रीय सदस्य हुने व्यवस्था  अनुसार शेखर कोइराला केन्द्रीय सदस्य भइसक्नुभएको छ ।

Next Post

‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने सरकारकाे तयारी

१८ पुष २०७८, आईतवार ०६:३९
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको हो […]