‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने सरकारकाे तयारी

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार ०६:४२

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको हो ।

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अनलाएन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गर्नु भयो ।

उहाँले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्याउनु भयो ।

‘अनलाईन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो’ उहाँले भन्नु भयो, ‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने छ । स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यामको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु ।’

मन्त्री कार्कीले देशको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनु भयो । उहाँले देशमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पार्नु भयो ।

Next Post

पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

१८ पुष २०७८, आईतवार ०६:४२
पाल्पा । पाल्पामा आज बिहान भएको सवारी साधन दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाईते भएका छन् । आज बिहान बुटवलदेखि शव बोकेर रिडीतर्फ जादै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हँदा ७ जनाको मृत्यु भएको हो । मृतक ७ मध्ये ५ जनाको सनाखत […]

सम्बन्धित समाचार