पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

कर्णालीदृष्टी संवाददाता १८ पुष २०७८, आईतवार १८:२१

पाल्पा । पाल्पामा आज बिहान भएको सवारी साधन दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाईते भएका छन् ।

आज बिहान बुटवलदेखि शव बोकेर रिडीतर्फ जादै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हँदा ७ जनाको मृत्यु भएको हो । मृतक ७ मध्ये ५ जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना, वडा नं ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक रहेका छन् ।

२ जनाको भने सनाखत हुन बाँकि रहेको छ । ३५ जना मलामी रहेको उक्त बसमा रहेका अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

Next Post

दैलेखबाट सुर्खेत जादैै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्य

१८ पुष २०७८, आईतवार १८:२१
सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत जादै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक […]