पाैडेल पक्षका सापकाेटाले देउवा पक्षबाट सह सचिवमा उम्मेदवारी दिने

कर्णालिदृष्टि सम्वाददाता १० मंसिर २०७८, शुक्रबार १०:३४

दैलेख । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेखमा वडा, पालिका प्रदेश र केन्द्रको महाधिवेशन सकिएको छ । जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । अहिले नेता तथा कार्यक्रताहरु आफ्नो पक्षमा मत माग्न ब्यस्त छन् ।

केन्द्रमा गुटगत राजनितिको असर जिल्ला सम्म परेको सन्दर्भ छ र हाल दैलेख जिल्लामा पौडेल पक्ष र देउवापक्षले आफ्नो समुहलाई भोट दिएर १४ औँ महाधिवेशन जिल्लासभापति तथा अन्य प्रतिनिधि आफ्नो पक्षका विषयी गराउन दौडधुप चलिरहेको बेला लामो समय देखि पौडले पक्षमा रहेका धिरेन्द्र सापकोटा देउवा पक्षका उम्मेदवार घनश्याम भण्डारीको समुहबाट सहसचिवमा उम्मेदवारी दिने भएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष नेपाली कांग्रेस दैलेखको जिल्ला कमिट सदस्य तथा १३औँ महाधिवेशनमा सबै भन्दा बढि भोट ल्याएका उनि क्षेत्र नं २ बाट महाधिवेशनमा सर्बाधिक भोट ल्याउने ब्यक्ति हुन् । उनी हाल सम्म पौडल पक्षमा सकृय रुपमा लागेका थिए । १४औँ महाधिवेशनमा घनश्याम भण्डारीलाई जिल्ला सभापतिमा जिताउने उद्देश्यका साथ भण्डारीको प्यानलबाट सह सचिवमा उम्मेद्धारी दिदै यसै समुहमा रहेर काम गरी सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए

Next Post

दैलेखमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

१० मंसिर २०७८, शुक्रबार १०:३४
दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उक्त व्यक्ति पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले उक्त घटनाको पोल खुलेपछि बिहिबार प्रहरीलाई जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दरखास्त मार्फत प्राप्त सुचना अनुसार दैलख […]