कर्णाली प्रदेश सरकार गठनका लागि आज साँझसम्मको समय ।।

जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित

कर्णालीदृष्टी संवाददाता १६ कार्तिक २०७८, मंगलवार ०९:३८

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गर्नुभएको हो ।

हिजो महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उहाँले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुभएको हो । प्रदेश सभामा कुनै पनि दलको स्पष्ठ बहुमत नरहेकाले मुख्यमन्त्री कलौनीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नेसक्ने प्रदेश सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले गठबन्धनको अर्को दल नेपाली काँग्रेसलाई सरकार गठन गर्नका लागि राजीनामा दिनुभएको हो । सरकारको नेतृत्व छाडेको माओवादी केन्द्रसमेतको समर्थनमा अब नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

Next Post

राहदानी लिनेको सङ्ख्या एक्कासी बढ्यो, व्यवस्थापनमा सरकारको कम्जोरी ।।

१६ कार्तिक २०७८, मंगलवार ०९:३८
काठमाण्डौ । पछिल्लो २ हप्तादेखि राहदानी विभागमा राहदानी लिनेको सङ्ख्या एक्कासी बढेको छ । सामान्य अवस्थामा भन्दा अहिले दैनिक दोब्बरको सङ्ख्यामा सेवाग्राही बढ्दा राहदानी बनाउन विभाग आइपुगेकाहरूले समयमा काम सम्पन्न नभएको गुनासो गरेका छन् । राहदानी बनाउने सङ्ख्या बढेपछी २ हप्ता देखि विभागले टोकन प्रणाली लागु गरेको छ । जस […]