जुम्लामा स्थानीय पाठ्यक्रममा विद्यार्थीको रुचि देखीएन

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार ०७:११

जुम्ला । जुम्लाका सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारे पनि विद्यार्थीले पढ्न नमान्ने समस्या देखिएको छ । स्थानीय तहहरूले पाठ्यक्रम तयार पारे पनि त्यसका आधारमा पाठ्यपुस्तक तयार नगर्दा विद्यार्थीले रुचि नदेखाएका हुन ।

संघीय व्यवस्था सुरु भएपछि स्थानीय सरकारहरूले आफ्नो क्षेत्र भित्रका विद्यालयहरूमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार पारिसकेका छन ।

जिल्लामा सबैभन्दा पहिला तातोपानी गाउँपालिकाले खस भाषामा स्थानीय पाठ्यक्रम तयार पारेको थियो । पछिल्लो समयमा आधुनिक संस्कृति र सभ्यताको विकास भइरहेका बेला लोपन्मुख परम्परागत भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि पाठ्यक्रम तयार गरिएको हो ।

खस भाषामा तयार गरिएको पाठ्यक्रम अहिले प्राथमिक तहमा मात्रै लागू गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

पाठ्यक्रममा यहाँका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि, धार्मिक सम्पदालगायतका विषयहरू समेटिएका छन्,उहाले भन्नुभयो , ‘पुर्खाहरूको गौरवगाथा सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ, सबै विद्यालयमा अनिवार्यसाथ पठनपाठन गराउन निर्देशन दिइएको छ ।

Next Post

कस्तुरीको बिनासहित जाजरकोटमा एक जना पक्राउ

३ माघ २०७८, सोमबार ०७:११
जाजरकोट । जिल्ला प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले डोल्पा जिल्लासँग सीमा जोडिएको नलगाड नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिँडिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी […]