दैलेखको आठबिसकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

कर्णालीदृष्टी संवाददाता २० पुष २०७८, मंगलवार १८:२९

दैलेख । दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । जिल्लाको सदरमुकामदेखी पश्चिममा पर्ने आठबिस नगरपालिका–५ की २२ वर्षीया चना विकलाई अत्याधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि हेलीकप्टरमार्फत सुर्खेत लगिएको हो ।

आईतबार दिउँसो देखि नै सुत्केरी व्यथा लागेर थलिएकी चनाको स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी चनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।

Next Post

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालीयो

२० पुष २०७८, मंगलवार १८:२९
जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ । डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी […]