प्रदेश २ का मुख्यमन्त्री राउतलाई मिल्यो दुईतिहाइको समर्थन ।।

कर्णालीदृष्टी संवाददाता २० आश्विन २०७८, बुधबार १८:५७

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।

Next Post

लुम्बिनी प्रदेश सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट ।।

२० आश्विन २०७८, बुधबार १८:५७
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् । चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ […]