दैलेख । नेकपा एमालेको साताै जिल्ला अधिवेशन अन्तर्गत दैलेख जिल्लाको अधिबेशन पनि सूरु भएको छ । सदरमुकामको कभर्डहलमा आज जिल्ला भरीका एमाले नेता कार्यकर्ताहरुको भव्य उपस्थितीमा अधिबेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
दुई दिनसम्म चल्ने अधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको जिल्ला स्तरीय नया नेतृत्व चयन हुनेछ । अधिवेशनका लागि जिल्लाभरबाट गरी करीव ७ सय बढी प्रतिनिधि छनोट भएको एमाले दैलेखका पाटी कार्यालय सचिव यामनारायण उपाध्यायले जानकारी दिनुभयो ।
उहाका अनूसार अधिबेशनबाट प्रतिनिधिले पाँच जना पदाधिकारी सहित एक सय पाँच जनाको जिल्ला कार्यसमिति चयन गर्नेछन् ।
नेकपा एमाले दैलेखका अध्यक्ष एवंम प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माको अध्यक्षमा भएको अधिबेशन उद्घाटन कार्यक्रममा एमालेका पोलीटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, प्रचार बिभाग उप प्रमुख बिष्णू रिजाल, कानून आयोगका उपाध्यक्ष एवंम केन्द्रीय सदस्य धर्मराज रेग्मी, एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाह लगाएतको नेताहरुले सम्बोधन गरेका थिए ।
अधिबेशन उद्घाटनको कार्यक्रम सकिएसंगै आजका लागी भने कार्यक्रम स्थगीत भएको र भोली बिहान ८ बजेखेदी बन्दसत्रको कार्यक्रम सूरु हुने पार्टी कार्यालयका सचिव उपाध्यायले जानकारी दिनुभएको छ ।
उहाका अनूसार नया नेतृत्व चयन हुदा ३३ प्रतिशत महिलाहरु पनि अनिवार्य रुपमा चयन हुनेछन ।
अधिबेशन उद्धाटन कार्यक्रमको दृश्य
जिल्ला अध्यक्ष पदका लागि ६ जना आकाँक्षी रहेको चर्चा चलेपनि आधिकारीक रुपमा भने दाबी पेश कसैले पनि अहिलेसम्म नगरेको पार्टी कार्यालय सचिव उपाध्यायले बताउनुभएको छ ।
एमाले जिल्लाको अध्यक्षका लागी बर्तमान अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा पुनः अध्यक्ष पद दोहोराउने तयारीमा हुनुहुन्छ । उहासंगै वर्तमान पार्टी उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापा, पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाही, औधोगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेत, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही र गुराँस गाउँपालिकाका नेता कर्ण खड्काको चर्चा चलेको छ ।
जिल्लाका शिर्ष नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा निरन्तर छलफल र बहस गरिरहेको बताउदै सचिव उपाध्याएले दैलेखमा पनि सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरिने बताउनुभयो ।