आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

कर्णालीदृष्टी संवाददाता २० बैशाख २०७९, मंगलवार ०८:२८

काठमाण्डाै – आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो साेमवार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।

आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसाे पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।

Next Post

ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा

२० बैशाख २०७९, मंगलवार ०८:२८
काठमाण्डाै – अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा […]