डोल्पाले पायाे पहिलो महिला प्रमुख जिल्ला अधिकारी

कर्णाली दृष्टि संवाददाता ३ माघ २०८२, शुक्रबार ०९:०९

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव जुनु हमाल ढकाललाई पदस्थापन गरिएको छ। यससँगै डोल्पाले पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको रुपमा पाएको छ।

कार्यरत डोल्पा प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालालाई सरुवा गरी ढकाललाई

डोल्पाको प्रजिअको जिम्मेवारी दिइएको हो।, छिमेकी जिल्ला जुम्ला घर भएकी ढकाल छिट्टै डोल्पा आउने तयारीमा रहेकी छन्।

प्रशासनिक अनुभव र नेतृत्व क्षमताका कारण परिचित ढकालको आगमनसँगै दुर्गम हिमाली जिल्ला डोल्पामा सुशासन, सेवा प्रवाह र प्रशासनिक स्थायित्वमा सकारात्मक परिवर्तनको अपेक्षा राखिएको छ।

Next Post

सल्यानमा २८औँ भूकम्प सुरक्षाबारे जनचेतना फैलाउँदै

३ माघ २०८२, शुक्रबार ०९:०९
सल्यान ।   सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो । भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षित निर्माण र जनचेतनाको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको […]