छोरीलाई जबरजस्ती करणी प्रयास आरोपमा बाबु पक्राउ

कर्णालीदृष्टी संवाददाता २३ मंसिर २०७८, बिहीबार ०८:३३

दैलेख । आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी भुवनेश्वर प्रसाद शाहका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो ।

पीडित बालिकाकी आमाले दिएको जाहेरी अनुसार मंगलवार राती घरमा सबै जना खाना खाई सुतिसकेको र पीडित बालिकाको आमा समेत घरमा नभएको मौका छोपी ती पुरुषले छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।

आफ्नै नाबालिका छोरीमाथी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका ती पुरुषमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योग मुद्धामा ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पुरुषले आफ्नै छोरीमाथी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गर्ने प्रयास गरेको खुलेको छ ।

Next Post

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै: इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब

२३ मंसिर २०७८, बिहीबार ०८:३३
काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे  पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा […]

सम्बन्धित समाचार