नेपालमा आज थप ११ सय जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

कर्णालीदृष्टी संवाददाता २५ पुष २०७८, आईतवार १८:१५

काठमाण्डौ । नेपालमा थप ११ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ६ सय ३२ जनाको परीक्षण गर्दा १ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय १५ जना सङ्क्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. सङ्गिता मिश्राले बताउनुभयो । उहाँका अनुसार २४ घण्टामा २ सय २४ जना निको भएका छन् भने दुइ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमण दर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । आज नेपालमा ६ हजार ७ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका पनि उहाँले बताउनुभयो । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्ला र काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित थपिएका छन् ।

Next Post

माघ १५ गतेसम्म देशभरका बिद्यालय बन्द गर्ने (सीसीएमसीसी) को निर्णय

२५ पुष २०७८, आईतवार १८:१५
काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी […]

सम्बन्धित समाचार