फ्रान्समा नयाँ वर्षकाे अवसरमा ८ सय ७२ वटा कार जलाइयाे

कर्णालीदृष्टी संवाददाता १९ पुष २०७८, सोमबार ०७:०५

काठमाण्डाै – फ्रान्समा अङ्ग्रेजी नयाँ वर्षकाे अवसरमा आयाेजित कार्यक्रममा एक पटक फेरि कारहरू जलाइएकाे घटना सार्वजनिक भएकाे छ ।

यस वर्ष ८ सय ७४ वटा कार जलाइएकाे प्रहरी विभागले जानकारी दिएकाे छ । फ्रान्सकाे गृह मन्त्रालयले याे सङ्ख्या सन् २०१९ काे तुलनामा निकै कम रहेकाे बताएकाे छ ।

सन् २०१९ मा एक हजार तीन सय १६ वटा कार जलाइएकाे थियाे । सङ्ख्या घट्नुमा प्रहरीकाे बाक्लाे उपस्थितिलाई कारण मानिएकाे छ । सन् २०२० मा देशव्यापी लकडाउनका कारण कतै कार जलाइएकाे खबर सार्वजनिक भएकाे थिएन ।

यस पटक नयाँ वर्षकाे अवसरमा ९५ हजार सङ्ख्यामा प्रहरी तैनाथ गरिएकाे थियाे । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार ३२ हजार दमकलका चालक र सुरक्षाकर्मी पनि तैनाथ गरिएकाे थियाे ।

कार जलाउनु एक सामान्य घटना

कैयाैँ देशमा जस्तै फ्रान्समा विभिन्न कारणबाट बर्सेनि कारमा आगाे लगाइन्छ, यस्ताे गर्नेमा अपराध गर्ने र झुटाे बीमा दाबी गर्नेहरू हुन्छन् ।

तर फ्रान्समा नयाँ वर्षकाे आगमनलाई चिनाउन कारमा आगाे लगाउने नयाँ तरिका बनेकाे छ । याे प्रथा सन् १९९० काे दशकमा पूर्वी फ्रान्सकाे स्ट्रासबर्ग नजिककाे क्षेत्रमा युवाहरू (विशेषगरी न्यून आय भएका) बीच सुरु भएकाे थियाे ।

सन् २००५ मा फ्रान्समा आवास परियाेजनाबाट निराश युवाहरूले यसलाई विराेधकाे आवाज पनि बनाएका थिए । त्यस बेला प्रहरीले तीन हप्ताभन्दा कम अवधिमा आठ हजार आठ सय १० वटा गाडी जलाएको गणना गरेको थियो ।

Next Post

नेपाल क्रिकेट सङ्घ र खेलाडीबीच सहमति, खेलाडीमाथिको कारबाही फिर्ता

१९ पुष २०७८, सोमबार ०७:०५
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ ।  आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ । आइतवार सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी […]

सम्बन्धित समाचार