कृर्षी क्षेत्रको पर्वद्धनका लागी सबैले चासो दिनुपर्छ

कर्णालीदृष्टी संवाददाता ९ बैशाख २०७९, शुक्रबार ०८:१७

दैलेख । कृर्षी क्षेत्रको पर्वद्धनका लागी सबै क्षेत्रका व्यक्तीत्वहरुले चासो दिएर काम गर्नुपर्नेमा दैलेखका सरोकारवालाहरुले जोड दिएका छन ।

बिहीबार दैलेख सदरमुकामको नारायण नगरपालीका कृर्षी बिकास शाखामा आयोजित एक छलफल तथा अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले कृर्षी क्षेत्रको उचित पर्वद्धन हुन नसकेको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका हुन ।

कार्यक्रममा नारायण नगरपालीका कृर्षी बिकास शाखा र सुन्दर नेपाल सस्था, पारस्परिक जवाफदेहीता परियोजना अन्र्तगत शाखाको प्रगती र सेवा प्रवाहाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै नारायण नगरपालीका कृर्षी बिकास शाखा प्रमुख (कृर्षी प्रावीधिक सहायक) खेमराज शर्माले शाखाबाट किसानलाई दिईनुपर्ने सेवा सुबिधाका लागी नारायण नगरपालीका कृर्षी बिकास शाखा निरन्तर लागीरहेको जानकारी दिनुभयो ।

उहाँले कृर्षी क्षेत्रको लागी उचित बजेटको व्यवस्था नहुनु, शाखामा दरबन्दी अनुसारको कर्मचारी नहुनु जस्ता बिभीन्न कारणले कृषकहरुका समस्या र निराकरणका लागी भने समस्या हुने गरेको बताउनुभयो ।

यस्तै कार्यक्रमका सहभागीहरुले शाखाबाट प्रदान गरिने कतीपय सेवा सुबीधाका बारेमा किसानलाई जानकारी नै नहुनुले पनि किसानहरु पछी परेको भन्दै सुचना सम्प्रेषणलाई बढाउनुपर्ने सुझाव दिएका छन ।

प्रदान गरिने कतिपय सेवाहरु टाँठा बाठाहरुले मात्र उपभोग गर्ने तर वास्तवीक किसानहरु सेवा सुबिधाबाट बञ्चीत हुनेखालका समस्याले कृर्षी क्षेत्र धरासायी बन्न सक्ने चिन्ता व्यक्त गर्दै वास्तविक किसानहरुको पहिचान गरेर मात्रै सेवा प्रवाहामा सम्बन्धीत निकायले जोड दिनुर्ने सहभागीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा नागरिक समाज, कृषक महासंघ का प्रतिनिधि, जिल्लास्थित पत्रकार, नारायण नगरपालीका कृषि तथा पशुपन्छी बिकास शाखाका प्रतिनीधि लगाएत अन्य बिभीन्न क्षेत्रमा काम गर्दै आईरहेका व्यक्तीत्वहरुको सहभागीता रहेको थियो ।

Next Post

दैलेखका ११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

९ बैशाख २०७९, शुक्रबार ०८:१७
दैलेख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगको परिपत्र अनुसार […]

सम्बन्धित समाचार