मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

कर्णालीदृष्टी संवाददाता २७ पुष २०७८, मंगलवार ०७:०९

काठमाडौँ । नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले कोरोना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेको देखाउँछ ।

तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ कुल परीक्षण गरिएकोमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको छ ।

पुस १९ गते संक्रमणदर २.६ प्रतिशत रहेकोमा पुस २६ गते १२.७ प्रतिशत पुगेको छ । पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षणमा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार १२ हजार ६३२ कुल परीक्षणमा १ हजार २६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

Next Post

दैलेखमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सचेत रहन स्वास्थ्य सेवा कार्यालयको आग्रह

२७ पुष २०७८, मंगलवार ०७:०९
दैलेख । लामो समयदेखी कोरोना संक्रमणदर शुन्य रहेको दैलेखमा फेरी पनि संक्रमण देखीन थालेको छ । सोमबार दैलेखमा २ जनामा कोरोना भाईरसको सक्रमण पुष्टी भएको स्वाथ्य सेवा कार्यालय दैलेखले जनाएको छ । एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा […]

सम्बन्धित समाचार