जाजरकोटको कुशेमा फोरजी सेवा सुरु, स्थानीय खुशी

कर्णालीदृष्टी संवाददाता १५ फाल्गुन २०७८, आईतवार १८:३२

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको छ । आईतबारदेखि कुशे गाउँपालिका ५ खुर्पाको लेकमा बनेको टावर सञ्चालनमा आएसँगै नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको हो ।

बर्षाैंदेखिको कुशेबासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयब खुशी भएका छन् । गाउँपालिकाभन्दा बाहिर रहेका आफन्तलाई फोन गर्न अग्लो डाँडा धाउनुपर्ने, रुख चढ्नु पर्ने लगायतका समस्याले स्थानीय हैरान भएका थिए ।

नमस्ते मोबाइल नेटवर्क सञ्चालन भएपछि स्थानीयहरुलाई आफन्तसँग सम्पर्क गर्न सहज हुने भएको छ । केही बर्ष पहिले यहाँ स्काई फोन सेवाले काम गरेको थियो । स्काई फोन सेवा बन्द भएपछि कुशेवासी सञ्चारविहीन बनेका थिए ।

नागरिक समाजका संयोजक हरिवहादुर सिंहले नमस्ते मोवाइल सेवा सूचारु भएपछि आफन्तलाई फोन गर्न सजिलो भएको भन्दै स्थानीय हर्षित बनेको बताउनुभयो । मोवाइल सेवा सुचारु भएसँगै सरकारी कार्यालय तथा व्यक्तिलाई कामकाजमा राहत मिलेको स्थानीयको भनाई छ ।

नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटका प्रमख गोपेन्द्र अधिकारीले यसैगरी भुर, अछार्नी, सीमामा निर्माण भएका टाउर पनि छिटै सन्चालनमा ल्याई सेवा सूरुवात गर्ने बताउनुभयो ।

Next Post

एमसिसी सम्झौता संसद्बाट अनुमोदन

१५ फाल्गुन २०७८, आईतवार १८:३२
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्बाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । […]