दैलेखमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सचेत रहन स्वास्थ्य सेवा कार्यालयको आग्रह

कर्णालीदृष्टी संवाददाता २७ पुष २०७८, मंगलवार ०७:१६

दैलेख । लामो समयदेखी कोरोना संक्रमणदर शुन्य रहेको दैलेखमा फेरी पनि संक्रमण देखीन थालेको छ । सोमबार दैलेखमा २ जनामा कोरोना भाईरसको सक्रमण पुष्टी भएको स्वाथ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यस्तै उहाका अनुसार भारतबाट फर्किएका दैलेखका ४ जनालाई पनि नेपालगंजमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको खबर आएको उहाले बताउनुभयो । फेरी पनि कोरोना संक्रमण देखिन थालेपछि नागरीकलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।

Next Post

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुष २०७८, मंगलवार ०७:१६
काठमाण्डौ । आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि […]

सम्बन्धित समाचार