मुगू । छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षीत भएका छन । छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन ।
कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो ।
गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन ।
छायानाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निर्माण भएको र सडक निर्माणका लागि उपभोत्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ ।
कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उप प्रमुख सुन्तला रोकायाले सयुक्त रुपमा रिवन काटेर सडकको उद्घाटन गर्नुभयो ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत् र सडक पु¥याउने वचन दिएकोमा अन्तिम कार्यकाल भए पनि सडक र विद्युत् पु¥याउन सफल भएको बताउनुभयो । थाहाखबर


