दैलेख । नारायण नगरपालिका ९ की २८ वर्षीया दिलिमाया सोनी नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धि काठमाडौ ललितपुरमा उपचाररत छिन् ।
उनको उपचारमा करिब ८४ लाख रुपैयाँ सकियो, ठिक हुने त कता हो कता लाऊँ लाऊँ, खाऊँ खाऊँ भन्ने उमेरमा उल्टै प्यारालाइसिसको सिकार बन्नुपर्यो ।, दुवै खुट्टा चल्न छाडे, स्थानीय अस्पतालदेखि नेपालकै प्रतिष्ठित टिचिङ अस्पताल महाराजगन्जबाट सुरु भएको उनको उपचार भारतको गुजरात र लखनउका ठूला अस्पतालले पनि गर्न सकेनन् ।
दुई वर्षदेखि उपचार गराइरहेकी उनकै खर्चको जोहो गर्न श्रीमान् खाडी मुलुक (दुबईमा) पसिना बगाइरहेका छन् । साढे ४ वर्षकी नाबालक छोरी आमाको बाटो हेरेर बसेकी छन् ।
दिलिमायाको बुवा रेशम बिकले छोरीलाई निको बनाएर घर लैजाने सपना बोकिरहेका छन । उनको उपचारको लागि सहयोग गर्नुहुने सहयोगी दाताहरुको लाही अकाउन्ट नम्बरः Bank of Kathmandu Ltd. मा रहेको दिलिमाया शोनिको खाता नं. 214800000161524 मा जम्मा गरिदिनहुन अपिल गरेकी छिन । साथै उनी संग सिधै सम्पर्क गर्नका लागी सम्पर्क: रेशम विकको मोबाईल नं.– 9848050376 मा सम्पर्क गर्न सकिन्छ