एमाले दैलेखको वडा र पालिका अधिवेशन कार्तिक १२ र १५ गते हुने ।।

कर्णालीदृष्टी संवाददाता ५ कार्तिक २०७८, शुक्रबार १७:५७

दैलेख । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक १२ र १५ गते गर्ने भएकोे छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो ।

वर्षातले सबैलार्ई समस्या पारेकोले संगठित सदस्यताको काम पनि टुंगिन बाकी रहेको बताउदै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले सोही आधारमो कात्तिक ९ गते पालिकास्तरमा वैठक बोलाएको जानकारी दनुभयो ।

यस्तै कात्तिक १२ गते वडा अधिवेशन र कात्तिक १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको पनि उहाले जानकारी दिनुभयो । जिल्ला कमिटिको वैठकद्वारा पालिका तथा वडा कमिटीको अधिवेशनका लागि जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु समेत खटाइएको छ । हरेक वडामा जिल्ला कमिटीका सदस्यलाई अधिवेशन गर्ने जिम्मेवारीसमेत तोकिसकिएको उहाले जानकारी दिनुभयो ।

Next Post

ठाटीकाँधमा क्रिकेट प्रतियोगिता हुदै, विजेताले झण्डै ४१ हजार बढी पुरस्कार पाउने ।।

५ कार्तिक २०७८, शुक्रबार १७:५७
दैलेख । देलेखको ठाटिकाँध गाउँपालिकामा यही कात्र्तीक १० गते देखि क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल […]