कर्णालीका ७ प्रतिशतले मात्रै लगाए डबल डोज

खोप लगाउन आन्दोलीत हुनुपर्ने अवस्था,

कृष्ण शर्मा ६ भाद्र २०७८, आईतवार १६:११

सुर्खेत – कर्णाली प्रदेशका ७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको डबल डोज लगाएका छन् । तथ्याङ्क अनुसार हाल सम्म ७६ हजार २९ जनाले कोरोना विरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका हुन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले दिएको तथ्याङ्क अनुसार १८ बर्ष माथि उमेर समूहका १० लाख ९४ हजार ४ सय ७९ जना मध्ये हाल सम्म २ लाख ९९ हजार ६ सय ८४ अर्थात २७ प्रतिशतले हाल सम्म पहिलो डोज लगाएका छन् । नेपालले भारत, चीन, अमेरिका लगायतका देशबाट आएको खोप आयात गरेर नेपालीहरुलाई लगाइरहेको छ ।

कुल १८ लाख २४ हजार १ सय ३१ जना कर्णालीबासी मध्ये १८ बर्ष माथिका १० लाख ९४ हजार ४ सय ७९ जना रहेका छन् । कर्णालीमा २०७७ को माघबाट पहिलो पटक कोभिशिल्ड खोपबाट खोप अभियान सुरु गरिएको थियो ।

जस अन्तर्गत हाल हिमाली जिल्लाहरु डोल्पा, मुगु, हुम्ला लगायतका ठाउँहरुमा खोप अभियान चलिरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सुचना अधिकारी नोदनारणण चौधरीले जानकारी दिए ।
‘आउने चैत्र सम्म सबै नागरिकलाई खोप लगाउने नेपाल सरकारको लक्ष्य अनुरुप खोप अभियान अघि बढिरहेको छ,’ चौधरीले भने, ‘हाल कर्णालीमा आएको सबै खोप लगाइसकिएको छ । भने बाँकी खोप आउने क्रममा छ ।’

१८ बर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउनुपर्ने भए पनि प¥याप्त खोप नहुँदा प्रथामिकताको आधारमा खोप अभियान चलिरहेको छ । तर अब प¥याप्त खोप आएको अवस्थामा १८ बर्ष भन्दा माथिका सबै नागरिकले खोप लगाउन सक्ने चौधरीले बताए ।

खोप लगाउन आन्दोलीत हुनुपर्ने अवस्था

सरकारले समयमा नै सबै नागरिकलाई खोप नलगाउँदा कर्णालीमा खोप लगाउन आन्दोलन नै गर्नु पर्ने अवस्था छ । विशेष गरी शिक्षक, विद्यार्थीहरु खोप लगाएर मात्रै शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने अडान लिएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा एक महिना देखि विद्यार्थीहरु आन्दोलित छन् ।

सबै विद्यार्थीहरुले खोप लगाउन पाउनुपर्ने यदि नपाएको अवस्थामा बैकल्पिक माध्यामबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत क्याम्पस शिक्षाका प्राध्यापकहरुले खोप लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । विश्वविद्यालयहरुमा मात्रै नभएर अन्य विद्यार्थीहरुले खोप लगाउनुपर्ने जोडदार माग गरीरहेका छन् ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै सबै कर्णालीबासीलाई खोप लगाइने उल्लेख गरेको छ । प्रदेश सरकारले केन्द्र सरकार संग खोपको लागि समन्वय गरीरहेको बताएको छ ।

प्रदेश सरकारका प्रवत्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले खोप किन्ने अधिकार प्रदेश सरकार संग नभएको अवस्थामा केन्द्र सरकार संग समन्वय गरिरहेको जानकारी दिइन् ।‘खोपको लागि केन्द्र सरकार संग समन्वयन गरीरहेका छौँ,’ उनले भनिन, ‘केन्द्रबाट खोप पनि उपलब्ध भइरहेको छ । संख्यात्मक हिसाबले कम खोप आएका कारण प्रथामिकताको आधारमा खोप लागाउने काम भइरहेको छ । विदेशबाट आयात हुने खोप एकै पटक सबै नेपालीलाई पुग्ने अवस्था छैन ।

Next Post

खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार

६ भाद्र २०७८, आईतवार १६:११
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार भएको छ । वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुला चौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई जना युवाले सामूहिक बलात्कार गरेको खुलेको हो । बलात्कार घटनालगत्तै सूचना पाएको प्रहरीले बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको […]