दैलेखका ९ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

कर्णालीदृष्टी संवाददाता १३ मंसिर २०७८, सोमबार १७:३७

दैलेख । नेकपा (माओवादी केन्द्र) दैलेखले जिल्लाका ९ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा आज (सोमबार) सम्ममा जिल्लाका ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवाल (विरवल) ले जानकारी दिनुभयो ।

उहाका अनुसार नेतृत्व चयन भएका सबै पालीकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।  संयोजक कटूवालका अनुसार जिल्लाको नौमुले गाउपालीकामा छवी सुवेदी, भगवतीमाई गाउपालीकामा नरेन्द्र सिंह, डूङ्गेश्वर गाउपालीकामा श्याम राना, र दूल्लु नगरपालीकामा टेक बहादूर खड्का पालीका अध्यक्षमा चयन भएका छन ।

यस्तै भैरवी गाउपालीकामा गोपाल रिजाल, चामुण्डा विन्द्रासैनी नगरपालीकामा रण बहादूर खड्का, आठबिस नगरपालीकामा बसन्त बस्नेत, ठाटीकाँध गाउपालीकामा उमेश कुमार रावत र नारायण नगरपालीकामा तारा केशर धमला अध्यक्षमा चयन भएका छन ।

यस्तै नेतृत्व चयन हुन बाकी रहेको जिल्लाको माहाबु गाउपालीकामा मंगलबार र गुराँस गाउपालीकामा बुधबार नेतृत्व चयन गर्ने कार्यतालीका रहेको नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम बहादुर कटुवालले जानकारी दिनुभयो ।

Next Post

नागरीकको सुरक्षाको लागी प्रहरीको भुमीका महत्वपुर्ण छ: डिएसपी साह

१३ मंसिर २०७८, सोमबार १७:३७
दैलेख। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले नागरिकको सुरक्षाको लागी प्रहरीको भुमिका महत्वपुर्ण रहने बताउनुभएको छ । नेपाल राष्टिय माध्यमिक बिद्यालय नारायण नगरपालिका ३ कालिकाटीमा आज (सोमबार) आयोजना गरिएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख साहले शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ […]