दूर दूरको यात्रा गर्नुछ तय भोली बिहान
रोक्ने चेष्टा नगर्नु महाशय भोली बिहान
वनकी चरीले पिजडा कुरेर बस्न सक्दैन
गर्दै नगर रोएको अभिनय भोली बिहान
आशाका किरणहरू उदाउँदै गर्दा भोली
निभ्छन् मैनबत्ति कतिपय भोली बिहान
प्रतिक्षाको घडि नि सकिदैछ अब सायद
आफैमाथि पाउनेछु विजय भोली बिहान
जिन्दगीमा हरपल मेरो परीक्षा लिएपछि
मेरै पक्षमा उभिदैछ समय भोली बिहान