काठमाण्डौ । भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ ।
अधिग्रहणको घोषणाअघि ुटाटा सन्सु का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो ।
यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाको लिलामीका लागि गरिएको प्रस्तावमा टाटा सन्सु ले सबैभन्दा धेरै रकम अघि सारेको थियो । योसँगै एअर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।
रतन टाटाले एअर इन्डियाको घर फिर्तीको स्वागत गर्दै भन्नुभएको छ, ‘टाटा समूहका लागि एअर इन्डियाको अधिग्रहण लिन पाउनु एक निकै ठूलो खबर हो । एअर इन्डियालाई फेरि उठाउनका लागि हामीले निकै कोसिस गर्नुपर्ने हुन्छ ।’
एयर इन्डियाको इतिहासको कुरा गर्दा यसको सुरुवात सन् १९३२ अप्रिलमा भएको थियो । यसको स्थापना उद्योगपति जेआरडी टाटाले गर्नुभएको थियो । त्यस समय एअरलाइन्सको नाम टाटा एअरलाइन्स थियो ।
योसँगै एअरलाइन्सको पहिलो व्यावसायिक उडान सन् १९३२ अप्रिल १५ मा भएको थियो । त्यस बेला मात्र सिङ्गल इन्जिनको ुह्याभील्यान्ड पस मोथु हवाई जहाज थियो जुन जहाज अहमदाबाद–कराचीको बाटो भएर मुम्बई गएको थियो । जहाजमा त्यस समय एक जना पनि यात्रु थिएनन्, २५ किलो चिठी राखिएको थियो ।


